नियम १३१
प्रसुति बिदा
: (१) महिला सशस्त्र प्रहरी कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघिपछि गरी साठी दिन प्रसुति बिदा लिन पाउनेछ ।
(२) उपनियम (१) बमोजिम प्रसुति बिदामा बस्ने सशस्त्र प्रहरी कर्मचारीले पुरा तलब भत्ता र रासन पाउनेछ ।
(३) उपनियम (१) बमोजिम प्रसुति बिदा लिएका महिला सशस्त्र प्रहरी कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टी नहुने गरी थप तीन महिनासम्म बेतलबी प्रसुति बिदा लिन सक्नेछन् । यस्तो बिदा लिँदा उपनियम (१) बमोजिमको बिदासँग लगातार रुपमा लिनु पर्नेछ ।
(४) उपनियम (१) र (३) बमोजिमको बिदाको बिवरणको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम बेतलबी बिदामा बसेको अवधि सेवा अवधिमा गणना   गरिनेछ ।